कैलारी गाउँपालिकाद्वारा माघीमा तीन दिन बिदा

थारु समुदायले भव्यताका साथ मनाउने माघी पर्वको अवसरमा कैलालीको कैलारी गाउँपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले पुस २९ देखि माघ २ गतेसम्म तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिए ।

यसैगरी, सो गाउँपालिकाको हिउँदे अधिवेशन पनि आजदेखि सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले अधिवेशन उदघाटन गरेको प्रवक्ता कमलप्रसाद चौधरीले जानकारी दिए ।

हिउँदे अधिवेशन उद्घाटनमा उपाध्यक्ष लक्ष्मी सत्गौवा, गाउँसभाका सदस्यहरु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीसहित कर्मचारीको उपस्थिति रहेको थियो ।


२७ पुस २०७७, सोमवार १४:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु