विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो, एकैदिन ७ लाख बढीमा संक्रमण

काठमाडौं, पौष २६
विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या ९ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा सङ्क्रमण पुष्टि भएसँगै विश्वभर कोरोना सङ्क्रमितको संख्या ९ करोड ७७ हजार नाघेको हो ।

सङ्क्रमण पुष्टि भएकामध्ये ६ करोड ४४ लाखभन्दा बढी सङ्क्रमणमुक्त भएका छन्। यो कुल सङ्क्रमितको ७१ प्रतिशतभन्दा धेरै हो ।

यस्तै १९ लाख ३४ हजारभन्दा धेरैले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । यो संख्या कुल सङ्क्रमितको दुई दशमलव १४ प्रतिशत हो । अहिले विश्वमा दुई करोड ३६ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा तीमध्ये एक लाख आठ हजारभन्दा धेरै गम्भीर बिरामी रहेका छन् ।

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा मात्रै दुई करोड २६ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने तीन लाख ८१ हजारभन्दा धेरै सङ्क्रमितको ज्यान गएको छ । दोश्रो प्रभावित भारतमा एक करोड चार लाख ५० हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ५१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्कीलगायत १८ वटा देशमा १० लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।


२६ पुस २०७७, आइतवार ०८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु