punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुस्तीको प्रशिक्षण पुनः सुरु हुँदै

Chaupati
safha napa

कोरोनाको कारणले गर्दा बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः सुरु हुने भएको छ।

भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः सुरु हुन लागेको हो।

महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा खेलाडीहरु निष्क्रिय भएर बसेका छन्। नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलका अनुसार कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण सुरु गर्न लागिएको बताए।

कुस्तीमा सामाजिक दूरी कायम गर्न सहज नहुँदा अन्य खेलको भन्दा प्रशिक्षण ढिला सुरु हुन लागेको उनले जानकारी गराउदै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर नै खेलाडीलाई प्रशिक्षण दिइने पोखरेलले जानकारी गराए ।

कुस्तीमा नेपालले १३औं दक्षिण एशियाली खेलकुद (साग)मा महिलातर्फ एउटा मात्र स्वर्ण पदक जितेको थियो। नेपालका लागि सो पदक संगीता धामीले जितेकी थिइन्।


२४ पुस २०७७, शुक्रवार ११:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु