punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मनाङमा जम्न थाले हिमताल, बगिरहेको धारा र खोला पनि जमे

Chaupati
safha napa

मनाङमा अत्यधिक चिसो बढेपछि हिमतालसँगै बगिरहेको खोला र धाराको पानी पनि जमेको छ ।

जिल्लाको गंगापूर्णसँगै आधा दर्जन हिमताल जमेर चट्टानझैँ भएको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताए । उनकाअनुसार मनाङका ताल जमेका बेला सफा नीलो, वर्षायाममा सेतो र हिउँदमा जम्ने विशेषताका छन् ।

यो समयमा समेत मनाङमा हिमाली दृश्यावलोकन गर्ने पर्यटक आउन छोडेका छैनन् ।

स्थानीयका अनुसार ४९१९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४६ सय मिटरमा रहेको केंचो ताल ९आइसलेक०, धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकरलगायतका तालजमेका छन् ।

दिनभर घाम लाग्दा पनि तालको पानी पग्लिएको छैन । चिसो बढेसँगै मनाङवासीको जनजीवन प्रभावित बनेको छ । खानेपानीको मुहानसमेत जमेकाले उनीहरू झनै समस्यामा परेका छन् ।

यहाँका हिमताल प्रायः मंसिर–पुसदेखि फागुनसम्म जमिरहेका हुन्छन् । बगिरहेका खोलाको पानीसमेत जम्न थालेको छ ।

जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ–बिहान माइनस ६ देखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए ।

उनका अनुसार तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ ।


२३ पुस २०७७, बिहीवार ०९:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु