punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

न्यूयोर्क शहरभन्दा सात गुणा ठूलो हिमखण्ड टुक्रियो ! वैज्ञानिक चिन्तित

Chaupati
safha napa

अन्टार्कटिकामा रहेको विशाल हिमवत खण्डबाट  बेग्लै भई एउटा हिमखण्ड  ‘आइसबर्ग’ दक्षिणी जर्जियाको दिशामा अघि बढ्दै गइरहेको छ। यस घटनाले विश्वका वैज्ञानिकलाई चिन्तित बनाएको छ।
यस आइसबर्गको आकार ५,८०० वर्ग किमी रहेको छ।  यो भनेको अमेरिकाको न्यूयोर्क शहरभन्दा सात गुना ठूलो आकार हो। वैज्ञानिकहरुका अनुसार यसले विश्व कै पर्यावरणमा नोक्सानी पुर्याउन सक्छ।

यस सम्बन्धी विज्ञहरुका अनुसार यति ठूलो हिमखण्ड चोइटिएर समुद्रका लहरसँगै अघि बढ्नु चिंताजनक हो। यो हिमखण्ड कम पानी भएको कुनै ठाउँमा गई अड्कियो भने त्यस वरिपरीको समुद्री जीवन ध्वस्त हुन सक्छ। त्यहाँका वनस्पति र जीव जन्तु सखाप हुन सक्छन्।

यस हिमखण्डलाई A68a नाम दिइएको छ।कड़ा चट्टान झै संरचना भएको यस हिमखण्डले समुद्री जीवनका साथै समुद्री जहाजलाई पनि हानि पुर्याउन सक्छ। विशाल हिमखण्ड पग्लिने क्रममा टुक्रामा विभाजित भएर जाने गर्छन् । ती टुक्रा पानी भित्र रहने हुनाले त्यस बाटोबाट  गुज्रिने  जहाज ठोक्किने संभावना हुन्छ।

यो हिमखण्ड पुरै पग्लिँदा वैश्विक समुद्री स्तरमा १० सेन्टिमीटर वृद्धि हुने अनुमान गरिएको छ।


२३ पुस २०७७, बिहीवार ०७:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु