punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी विमानस्थललाई रोड डिभाइडर हस्तान्तरण

Chaupati
safha napa

कुमारी बैंक लिमिटेड धनगढीको क्याम्पस चोक शाखाले गेटा विमान स्थल धनगढीलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत गेटा विमानस्थलको ट्राफिक ब्यवस्थापनमा सहयोग पुगोस भन्ने उदेश्यले कुमारी बैंकले मंगलबार रोड डिभाइडर हस्तानत्रण गरेको हो ।

बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख दीपक खनालले धनगढी नगरपालिकाका मेयर नृप बहादुर वडमार्फत धनगढी विमानस्थल प्रमुख तेज बहादुर बुढाथापालाई २० थान रोड डिभाइडर हस्तान्तरण गरेका हुन्।

कुमारी बैंकले देशभरी १९२ शाखा, १५२ एटिएम, २२ शाखारहित बैंकिङ एजेन्ट तथा १३ वटा विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिइरहेको छ।


२१ पुस २०७७, मंगलवार १३:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु