कञ्चनपुरमा खैरो हिरोइन र नगदसहित एक युवक पक्राउ
कञ्चनपुरमा खैरो हिरोइन र नगदसहित एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० बस्ने बल बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलौरी र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चन्दलाई पक्राउ गरि उनको साथबाट ६३ ग्राम खैरो हिरोईन र नगद ७८ हजार ४ सय ८० रुपैयाँ भेटिएको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल कुमार खडकाले जानकारी गराए ।
उनीमाथि लागु औषध ओसापोसार विरुद्धको मुद्दा दायर गरिने प्रहरीले बताएको छ ।
२१ पुस २०७७, मंगलवार १२:०५ बजे प्रकाशित































