ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एकको मृत्यु, दुईजना घाइते
ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन । धनगढीबाट बझाङतर्फ गईरहेको बिना नम्बरको अनटेस्ट ट्याक्टर सोमबार बिहान २ बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिगास गाउँपलिकावडा नम्बर ९ बाँजपानीमा ट्याक्टर दुर्घटना भएको हो ।
जिल्लाको बित्थडचीर गाउँपालिकावडा नम्बर ४ का ४० वर्षीय जितबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएका छन् ।
ट्याक्टर चालक बझाङ बित्थडचीर गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्याक्टरमा सवार बित्थडचीर गाउँपालिका वडा नम्बर ४ कै २० वर्षीय कृष्ण बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए ।
चालक नरेन्द्र महराको दुवै खुट्टा भाचिएका छन भने कृष्ण बोहराको खुट्टामा चोट लागेको छ ।घाइते दुवैजनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले बताएको छ ।
घटनास्थलमा प्रहरी टोली खटिसकिएको प्रहरी प्रवक्ता धामीले बताए।
२० पुस २०७७, सोमवार १०:४२ बजे प्रकाशित






























