सुदूरपश्चिमसहित यी पाँच प्रदेशमा हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देभर पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।

मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले आज दिउँसो देशभर सामान्य बदली हुन पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश,  गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको हुनसक्ने पूर्वानुमान छ ।

साथै लुम्बिनी प्रदेशका केही भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, राति  देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

महाशाखाकाअनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र  गण्डकी प्रदेशका भूभागहरुका केहि स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न १ को भूभागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।


२० पुस २०७७, सोमवार ०७:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु