नक्कली पिसिआर रिपोर्ट बनाएर विदेश जान लागेका सात जनालाई पक्राउ
नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जनालाई पक्राउ गहेका प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी गरााए।
१९ पुस २०७७, आइतवार १२:४४ बजे प्रकाशित












