punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तनहुँ सेवा समाज कतारको ‘न्यानो अभियान’ : ७० विपन्न परिवारलाई सहयोग

Chaupati
safha napa

वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत तनहुँबासीको समूह तनहुँ सेवा समाजले बिगतका वर्षझै यस पटक पनि गृह जिल्लाका ७० परिवालाई सहयोग गर्ने तयारी गरेको छ ।

समाजले थालेको न्यानो अभियान अन्तर्गत जिल्लाका सबै नगरपालिका र गाउँपालिकालाई समेट्दै निम्न आय भएका विपन्न ७० परिवारलाई ब्यालेकेट९सिरक० सहयोग प्रदान गर्न लागेको समाजका अध्यक्ष नारायण ढुङ्गानाले जानकारी दिए ।

उनले मानबिय कार्यमा सानो सहयोग होस् भन्ने हेतुले जिल्लाबासीहरु मिलेर संस्थागत रूपमा सहयोग जुटाइसकेको बताए । गृह जिल्लास्थित सबै स्थानीय तहसंग समन्वय गर्दै सहयोग हस्तान्तरण गर्न लागेको महासचिव मिनराज वाग्लेले जानकारी दिए।

समाजले विभिन्न समयमा स्वदेश तथा बिदेशमा रहेका समस्यामा परेका नेपालीहरुमा सहयोग गर्दै रचनात्मक कार्यहरू समेत गर्दै आइरहेको छ ।


१९ पुस २०७७, आइतवार ०९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु