नेपालमा शनिवार ४१९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा शनिवार कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ जनामा पुष्टि भएको छ । शनिवार ४१९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ७११ जनामा रहेको छ । पछिल्लो २४ घण्टामा ७५० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यो सँगै शनिवार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७० पुगेको छ। नेपालमा हालसम्म १९ लाख ४२ हजार ७०२ जनाको पीसीआर परीक्षण गरिएको छ । शनिवार नेपालमा ५ हजार जनाको परीक्षण गरिएको छ ।


१८ पुस २०७७, शनिवार १६:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु