स्काभेटर दुर्घटनामा परी एक जनाको मृत्यु
स्काभेटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
शनिबार बैतडीको मेलौली नगरपालीका वडा नम्बर ३ ठुलोखोलास्थित पाटन–पञ्चेश्वर सडकखण्डमा बा२क २०६ नम्बरको स्काभेटर दुर्घटना हुँदा कैलालीको चुरे गाउँपालिकाका २५ वर्षीय हेमन्त धामीको मृत्य भएको हो।
क्रसरको मेसिन अनलोड गर्ने क्रममा स्काभेटर रोडबाट ३० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु भएका युवक सोही स्काभेटरका चालक भएको प्रहरीले बताएका छन्।
थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पाटन बैतडीबाट टोली पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जनाकारी दिए।
१८ पुस २०७७, शनिवार १६:२७ बजे प्रकाशित













