प्रदेश सरकार ढाल्ने कुरा विपक्षीले चलाएको हल्ला : रावल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इन्चार्ज डा. भीम रावलले प्रदेश सरकार नढल्ने बताएका छन् ।
धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नै समूहबाट सरकार नढल्ने स्पष्ट पारेका हुन् । प्रदेशमा प्रचण्ड–माधव समूहको स्पष्ट बहुमत भएकाले सरकार नढल्ने र आफ्नै समूहबाट ढाल्ने कुरा नहुने उनले बताए ।
‘रिक्त मन्त्री थप्ने काम स्वभाविक नै हो,’ उनले भने, ‘प्रदेश सरकारनै ढाल्ने कुरा हुँदैन ।’ प्रदेश सरकार ढाल्ने कुरा विपक्षीले चलाएको हल्ला मात्रै भएको उनको दाबी छ । प्रदेश सरकार ढाल्ने विषयमा अहिलेसम्म छलफलसमेत भएको नेता रावलले बताए ।
अर्को प्रसंगमा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले संविधानमा हुँदैनभएको अधिकार प्रयोग गरेर संसद बिघटन गरेको बताए ।
आज बसेको सुदुरपश्चिम नेकपा संसदिय दलको बैठकका बहुमत सदस्यले सरकारको कदमको बिरोध गरेको दाबी गरे । अहिले पार्टी भित्र आएको संकट प्रधानमन्त्री केपी शर्मा ओली को कारणले आएको उनको तर्क छ ।
१८ पुस २०७७, शनिवार १७:५२ बजे प्रकाशित































