धनगढीमा जिपले संस्थानको गाडीलाई ठक्कर दिए

धनगढी अत्तरीया ६ लेन सडकमा एउटा जिपले संस्थानको गाडिलाई ठक्कर दिएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ फ्लोरा होटल नजिकै अत्तरियातर्फ गइरहेको गेटा विमानस्थलको बा १ ञ २३२६ नम्बरको गाडीलाई सोही दिशा तर्फ गइरहेको बा १४ च ९०९८ नम्बरको जिपले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उक्त दुर्घटनामा दुवैं गाडीमा सामान्य क्षति भएको तर मानवीय क्षति भने नभएको प्रहरीले जनाएका छ ।


१६ मंसिर २०७७, मंगलवार १०:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु