punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा बढे एचआइभी सङ्क्रमितबाट एक वर्षमा ३५ जनाको निधन

Chaupati
safha napa

कैलाली जिल्लामा एचआइभी एड्स सक्रमितको सङ्ख्या वर्षे नि बढ्दै जान थालेको छ ।२०७३÷०७४मा १ सय २५ जना सङ्क्रमित रहेकोमा २०७४÷०७५मा घटेर ११५ जना थिए ।त्यसपछि अझै घटेर २०७५÷०७६मा १०७ पुगेको थियो । गत वर्ष बाट फेरी सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको छ ।

गत आर्थिक वर्षमा ६ हजार १ सय १३ जनाको स्वास्थ्य परीक्षण गर्दा १ सय ५२ जना नयाँ सङ्क्रमित भेटिएका हुन । पुष्टि भएका नयाँ सङ्क्रमितमा वयस्क पुरुष ५५,वयस्क महिला ५५, ट्रान्स जेन्डर ३८, बालबालिका चार जना रहेका छन् ।

सङ्क्रमण पुष्टि भएका उनीहरू विभिन्न जिल्लाका रहेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । कैलाली कार्यालयका अनुसार फेला परेका नयाँ सङ्क्रमितमा कैलालीका १ सय १०, कञ्चनपुरका २५, बैतडीका तीन, बर्दियाका चार, डोटीका, बझाङ, अछाम र डडेलधुराका २÷२, दार्चुला र भारतका १÷१ जना रहेका छन् ।

चालु आर्थिक वर्षको कार्तिक मसान्त सम्म ३४ जना नयाँ सङ्क्रमित थपिएका छन् । प्राणघातक एचआइभी एड्स रोगबाट गत आर्थिक वर्षमा ३५ जनाको निधन भएको छ । कैलालीबाट एआरटी खाँदै आएकामध्ये ३५ जनाले गत आर्थिक वर्षमा मृत्यु भएको जसमध्ये ६ जना सोही आर्थिक वर्षमा नयाँ सङ्क्रमित भेटिएका हुन ।

भारतमा रहेका एचआइभी एड्स सङ्क्रमित नेपाली नागरिकहरू पनि स्वदेश फर्किए सँगै सक्रमितको सङ्ख्या बढेको सेती प्रादेशिक अस्पताल एचआइ भी एड्स विभाग प्रमुख लोकराज पनेरुले जानकारी गराए । जनचेतना फैलाउन सकियो भन्ने सक्रमितको सङ्ख्यामा कमी आउने उनले जानकारी दिए ।

एचआइभी एड्स सरुवा रोग भएको हुँदा यसको सङ्क्रमण दर फैलिरहेको उनले बताए । एचआइभी एड्सका कारण शरिकका विभिन्न अङ्गहरूमा समस्या देखिन थाल्ने सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले जानकारी गराए । उनले अनुसार यो रोग भाइरस हो अझै सम्म पनि यो रोग लाई निर मूल पानको लाई अहिले सम्म औषधी पता लाग्न सकेको छन् । मुलुक भित्रै रोजगारीको सिर्जना हुन सक्दै तब सम्म यो रोगको सङ्ख्यामा कमी आउँदैन।’

कामको चाप सँगै जनशक्तिको कमीले गर्दा पनि सेवा ग्राहीलाई सेवा दिन नसकिरहेको उनले जानकारी गराउदै उपकरणहरू मर्मत नहुँदा पनि सेवा दिन समस्या भइरहेको जानकारी गराउए। विगतमा सेती प्रादेशिक अस्पतालमा मात्रै एचआइभी परीक्षण हुने गरेको थियो ।

तर, अहिले जिल्लाको मालाखेती, टिकापुर र सेती प्रादेशिक अस्पतालमा चेक जाँच हुँदै आएको स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ । परीक्षणको दायरा बढेकाले एचआइभी सङ्क्रमितको सङ्ख्या पनि बढेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी गराए ।

उनका अनुसार प्रदेशका बासिन्दाहरू आर्थिकरुपमा अगाडी नबढ्दा सम्म एचआइभी एड्स सक्रमीतको सङ्ख्यामा कमी नआउने जानकारी गराए । अहिले समुदाय स्तरमै गएर एचआइभी एड्सको परीक्षण हुँदा सङ्ख्या बढेको उनको बताए ।


१६ मंसिर २०७७, मंगलवार ११:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु