Hotel Flora Long Ad

अछाममा कुट्पिटबाट एक युवकको निधन

अछाममा कुट्पिटवाट एक युवकको निधन भएको छ । गत कात्तिक १९ गते स्थानीय दलबहादुर साउँद लगाएतका युवाहरुले सामुहिक कुट्पिट गर्दा घाईते भएका रामारोशन गाउँपालिका वडा नम्बर ६ भटाकाटियाका दिपक टमट्टाको उपचारका क्रममा कोहलपुरमा निधन भएको हो ।

उनको मंसिर २ गते मृत्यु भएपनि आफ्न्तहरुले ढिलोगरी प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए ।

मृतकका आफन्तहरुले विहीबार दलबहादुर साउँद लगायत ५ जनाको नाममा जाहेरी दिएकोमा १ जनालाई नियन्त्रणमा लिएको र बाकिँको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

 


६ मंसिर २०७७, शनिवार १५:३३ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु