कैलालीबाट बलात्कार आरोपमा एक युवक पक्राउ
बलात्कार आरोपमा कैलालीको लम्कीचुहाबाट एक युवक पक्राउ परेका छन् ।
एक ३८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लम्कीचुहा नगरपालिका वडा नम्बर ५ राजिपुरका २८ वर्षीय प्रेम शाही पक्राउ परेका हुन्।
शाहीलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीविरूद्ध प्रहरीले जबर्जस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।
३० कात्तिक २०७७, आइतवार १८:३६ बजे प्रकाशित













