आफैले पालेको राँगाले हान्दा एक जनाको मृत्यु

डोटीकोको आदर्श गाउँपालिकामा राँगाले हान्दा एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको वडा नम्बर –१ का अन्दाजी ४० वर्षीय चक्र साउँदको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शनिबार राँगोले हान्दा गम्भीर घाइते भएका साउँदको उपचारका क्रममा गएराति शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा मृत्यु भएको हो ।

मृतक साउदको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल डोटीमा लगिएको प्रहरीले जनाएको छ । राँगाले हान्दा उनको टाउको र छातीमा चोट लागेको थियो ।


३० कात्तिक २०७७, आइतवार १३:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु