निर्माणाधिन भवन भित्र नाङ्गो अवस्थामा पुरुषको शव फेला

कञ्चनपुरको भीमदत्त नगरपालिकाको महेन्द्रनगरमा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

नामथर बतन खुल्न नखुलेको अन्दाजी वर्ष ४२ वर्षका व्यक्तिको शव भीमदत्त नगरपालिका वडा नम्बर ४ स्थित दशरथचोक नजिक बन्दै गरेको एनटी प्रकाश चटौत प्रतिष्ठानको नयाँ निर्माणाधीन भवनको कोठा भित्र फेला परेको प्रहरीले जनाएको छ ।

पुरुषको शव नाङ्गो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी बताए ।

प्रहरीले शव जाँच मुचुल्का गरी परीक्षणको लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।


१८ कात्तिक २०७७, मंगलवार १७:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु