देशभर थप ३ हजार ११४ जनामा कोरोना संक्रमण, संक्रमणमुक्त कति ?

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६ सय १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार १ सय ४२ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ४१ हजार १ सय ३४ पुगेको छ। आज देशभर ३७ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २० जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १००४ पुगेको छ। आज देशभर ३७ हजार ४ सय ३७ जना सक्रि संक्रमित रहेको मन्त्रालयले जनाएको छ।


१८ कात्तिक २०७७, मंगलवार १७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु