यी ठाउँमा वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
अहिले प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान
कार्तिक १९ गते (बुधबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

कार्तिक १९ गते (बिहीबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

राति : देशभर पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कार्तिक २१ गते (शुक्रबार)
दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ ।

राति : देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।


१९ कात्तिक २०७७, बुधवार ०७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु