बझाङमा चाडपर्व लक्षित बजार अनुमगन तीब्र
दशैं–तिहार र छठ पर्वलाई केन्द्रीत गर्दै बझाङम बजार अनुगमनलाई तीब्र पारिएको छ । चाडपर्वमा अखाद्य बस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन भन्ने उदेश्यले बजार अनुगमनलाई तीब्रता दिएको बजार अनुगमन समितिका सदस्य रमाकान्त जोशीले बताए ।
कालोबजारी गर्नेलाई पहिलो पटक सम्झाइने र दोस्रो पटक कालोबजारी गरेको पाइएमा कारबाही गरिने उनले बताए । बजार अनुगमनका लागि घरेलु तथा साना उद्योग विकास कार्यालय, जिल्ला प्रसासन कार्यालय, जिल्ला समन्वय समिति, बाणिज्य संघ, उपभोक्ता समिति, स्थानीय ब्यापारी, प्रहरी तथा पत्रकारको टोली बनाइएको छ ।
टोलीले जिल्ला सदरमुकाम र ग्रामीण क्षेत्रमा रहेका पसलहरुमा अनुगमन गरिरहेको छ । त्यसैगरि जिल्लाका ग्रामिण क्षेत्रमा गैर कानुनी रुपमा बिक्रीबितरण हुँदै आएको मदिरा तथा मदिराजन्य पदार्थ बेचबिखनमा समेत कडाई गरिरहेको छ । साथै अनुगमनका क्रममा हालसम्म फेला परेका गुणस्तरहित खाद्यन्न र मिति नाँघेका खाद्यबस्तु नष्टसमेत गरिएको छ ।
४ कात्तिक २०७७, मंगलवार २०:४८ बजे प्रकाशित