कोरोना संक्रमितको उपचार निःशुल्क हुन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा कोरोना संक्रमितको उपचार निःशुल्क हुने बताएका छन् । केन्द्र सरकारले जनतालाई आफै उपचार गर्नुपर्ने बताएको बेला मुख्यमन्त्री भट्टले यस्तो घोषणा गरेका हुन् ।
मंगलबार पत्रकारहरुसंगको भेटघाटमा बोल्दै मुख्यमन्त्री भट्टले महामारीका बेला जनताको उपचार गर्ने दायित्व सरकारको भएकोले प्रदेश सरकार यस उत्तरदायीत्ववाट नपन्छिने बताए । उनले अहिलेसम्म कोरोना परिक्षण तथा उपचार जसरी निशुल्क थियो, त्यसैलाई निरन्तरता दिइने बताए । यसका लागि मातहतका निकायलाई पनि निर्देशन दिइसकेको मुख्यमन्त्री भट्टले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सरकारले सबै नागरिकको उपचार नगर्ने निर्णय लिएको जानकारी केही दिन पहिले दिएका थिए । त्यसलगत्तै सरकारले सरकारी अस्पतालहरूलाई कोरोना संक्रमितको उपचारवापतको रकम संक्रमितबाट उठाउन निर्देशन दिएको थियो ।
उक्त निर्णयको आलोचना भएपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अपांग, एकल माहिला, ज्येष्ठ नागरिकको उपचार सरकारले गर्ने स्पष्टिकरण दिएका थिए ।
४ कात्तिक २०७७, मंगलवार २०:२६ बजे प्रकाशित