तीन प्रदेशमा हल्का वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा सामान्यतया मौसम सफा छ।

देशका पहाडी क्षेत्रमा हाल मौसम आंशिक बदली छ भने बाँकी स्थानमा सामान्यतया सफा रहेको छ।

मौसमविद्का अनुसार आंशिक भनेको आकाशमा थोरै बादल लागेको र धेरै घाम देखिएको अवस्था हो भने सामान्य बदली भनेको धेरैजसो बादल र थोरैजसो घाम लागेको अवस्था हो।

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

तीन दिनसम्मको मौसम पूर्वानुमान  

कार्तिक ०५  गते  (बुधबार)

दिउँसो : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र वागमती प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती : देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

कार्तिक ०६  गते  (बिहीबार)

दिउँसो : प्रदेश नं. १, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा वागमती र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

राती : प्रदेश नं. १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नं. २, वागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

कार्तिक ०७  गते  (शुक्रबार)

दिउँसो : देशभर पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ।

राति : प्रदेश नं. १ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश नम्बर २ मा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नम्बर १ का  एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।


५ कात्तिक २०७७, बुधवार ०८:४१ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु