ग्यास विस्फोटबाट घाइते भएका थप एकको मृत्यु
गत बुधबार धनगढीमा भएको ग्यास विस्फोटबाट घाइते भएका थप एक जनाको जनाको मृत्यु भएको छ ।
घाइते भएका ७० वर्षीय पुरुष हरीलाल विष्टको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो। गत बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ८ मा ग्यास विस्फोट हुँदा गम्भीर बिष्ट घाइते भएका थिए ।
उनी घाइते भएपछि उपचारका लागि काठमाडौं लगिएको थियो । विस्फोटमा परी घाइते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको भने गत विहीबार नै मृत्यु भएको थियो।
४ कात्तिक २०७७, मंगलवार १८:५२ बजे प्रकाशित












