नेपालमा थप ३०९३ जनामा कोरोना संक्रमण, २ हजार बढी संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण भएकोमा उनीहरुमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा योसंगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेको छ। २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार १०८ छ। योसँगै हालसम्म ९६ हजार ६०९ जना निको भएका छन्।

संक्रमित बढेसंगै देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ जना पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७६५ पुगेको छ।


४ कात्तिक २०७७, मंगलवार १७:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु