नेपालमा थप १५ सय बढी संक्रमित भेटिए, उपत्यकामा संक्रमण तीब्र
नेपालमा पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्रै ९३४ संक्रमित थपिएका छन् । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण तीब्र बन्दै गइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । हालसम्म ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म देशभर सक्रिया संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ।
१३ असोज २०७७, मंगलवार १६:५२ बजे प्रकाशित































