punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘फेरो होइन, अब सेरो कमाउँछौं’

Chaupati
safha napa

अहिले पनि का धेरै व्यक्तिहरु गाउँबस्ती फेरेरै वा घुमेरै आफ्नो जीवन गुजारा चलाइरहेका छन् । कुनै जमानामा बादीले सेरो वा खेती गरेर नभई फेरेर वा मागेर खाने चलन बनाएकै कारण यो समुदायका मानिसहरुले त्यो चलनलाई पूर्ण रुपमा छोडेका छैनन् ।

गाउँ फर्दै अन्न वा रुपैयाँ मागेर जीवन निर्वाह गर्ने उनीहरुको पूरानै चलन वा परम्परा हो । बादी समुदायमा मादललगायत बाध्यबाधनका सामग्रीहरु बनाएर गाउँ–गाउँ फेर्दै विक्री गर्ने चलन पनि छ । दशक अघिसम्म गाउँ फेरेर नाँचगान गर्दै मनोरञ्जन दिएर पैसा माग्ने गर्थे । यदाकदा अहिले पनि त्यो चलन छँदैछ ।

तर, डोटीको  गाउँपालिकामा रहेका बादी समुदाय भने खेतीतातीतर्फ आकर्षित भएका छन् । गाउँ फेरेर जीवन चल्ने सम्भावना नदेखेपपिछ अहिले यो समुदायका व्यक्तिहरु खेतीपातीतर्फ लाग्न थालेका हुन् । विगतमा फेरेरै जीवन चलाइरहेका कारण यो समुदायका व्यक्तिको नाममा जग्गा छैन, हुँदैन पनि । ऐलानी, वन क्षेत्र वा कसैले दिएको सानो जग्गामा यो समुदायका व्यक्तिहरु प्रायः बसिरहेका हुन्छन् । जोरायलका बादी समुदायको अवस्था पनि त्यही हो ।

फेरेर खान नसकिने र कमाई खान जमिन नभएको अवस्थामा जोरायलका बादी समुदायका लागि गाउँपालिकाले नै गरि खाने जमिन उपलब्ध गराएको छ । गाउँपालिकाका करिब २० बादी परिवारलाई गाउँपालिकाले भाडामा लिएर जमिन उपलब्ध गराएको छ । वार्षिक रुपमा जग्गाको भाडा गाउँपालिकाले नै तिर्छ उनीहरुका लागि भनेर । त्यहाँ उत्पादन भएको अन्न बादी समुदायले उपभोग गरिरहेका छन् ।

गाउँपालिकाले वार्षिक ४० हजार तिर्नेगरि वडा नम्बर ३ मा २० रोपनी जमिन बादी समुदायलाई उपलब्ध गराएको छ । उनीहरुले गत वर्षदेखि खेती गर्न थालेको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

बादी समुदायलाई फेरेर नभई आफै खेती गरेर खाने बनाउनका लागि गाउँपालिकाले नै जग्गा उपलब्ध गराएको उनले बताए । ‘कुनै जमानामा बादीले सेरो खाँदैनौं फेरो खान्छौं भनेर नै फेरेर खाने चलन बसेको भन्ने सुनिन्छ, अहिलेसम्म त्यही रह्यो,’ उनले भने, ‘यो जमानामा पनि त्यो सम्भव छैन, बरु कमाइखाने जमिन वा सेरो दिएर उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि नै यो प्रयास गरेका हौं ।’

पछिल्लो समयमा मागेर खाने सम्भव नभएको अवस्थामा गाउँपालिकाले नै जग्गा उपलब्ध गराएपछि बादी समुदायका व्यक्तिहरु पनि खुशी भएका छन् । प्रत्येक परिवारले त्यो २० रोपनी जमिन भाग हालेर आ–आफै अन्न बाली उत्पादन गर्छन् । उनीहरुले सो जमिनमा वर्षामा धान रोप्छन् भने हिउँदको बेला तरकारी लगाउने गरेका छन् । चिसो ठाउँ भएकाले त्यो ठाउँमा हिउँदमा गहुँ भन्दा तरकारी राम्रो उत्पादन हुने गरेको उनीहरु बताउँछन् ।

कमाई खाने जमिन पाएपछि अहिले घर परिवार पालन पोषण गर्न सहज भएको स्थानीय विरबहादुर बादीले बताए । उनले अहिले मागेर पनि खान सहज नहुने अवस्थामा आफै खेतीपाती गरेर खाँदा राम्रो भएको बताए । अब फेरर जीवन नचल्ने भएपनि खेतीपाती गरेर खानुको पनि विकल्प नरहेको बताए । ‘यो जमानामा मागेर खायो भनेपनि लाज गर्छन्, मागेर पुग्न पनि पुग्दैन,’ उनले भने, ‘त्यसको विकल्पमा केही न केही गरेर खानै पथ्र्यो । अहिले गाउँपालिकाले नै जग्गा उपलब्ध गराएपछि हामीलाई सहजै भएको छ । अब हामी फेरेर होइन सेरो कमाएर खान्छौं ।’

गाउँपालिकाले अझै जग्गा थप गरिदिएको भए हुन्थ्यो भने आशा उनीहरुको छ । ‘अहिले हामीलाई यतिले खान पुगिरहेको छ,’ स्थानीय दुर्गा बादीले भनिन्, ‘अझै थप जग्गा पाएको भए बढी उत्पादन गरेर विक्री पनि गथ्र्यौ होला ।’

बादी समुदायलाई जग्गा उपलब्ध गराएर गाउँपालिकाले त्यहाँको बास्मती धानलाई प्रबद्र्धन गर्ने सोच पनि बनाएको छ । ‘बादी समुदायलाई बास्मती धान लगाउन अनुरोध गरेका छौं,’ गाउँपालिकाका अध्यक्ष ओझाले भने, ‘यसले उनीहरुलाई खान लगाउनका साथै बास्मती धानको पनि प्रबद्र्धन हुन्छ ।’ उनले त्यसका लागि थप कार्यक्रम ल्याउन सकिने बताए ।


१३ असोज २०७७, मंगलवार १६:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु