फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

सुनको मूल्य आज फेरि बढेको छ । सुन आज तोलामा आठ सय रुपैयाँ बढ्दै प्रतितोला ९३ हजार ९ सय पुगेको छ ।

सुन हिजो प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँ बढ्दै प्रतितोला एक हजार एक सय ६० रुपैयाँ पुहेको छ । चाँदी हिजो प्रतितोला एक हजार एक सय २० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


९ असोज २०७७, शुक्रवार ११:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु