Hotel Flora Long Ad

सुनको मूल्य आज पनि बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार पाँच सय पुगेको छ । सुन हिजो प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढ्दै प्रतितोला एक हजार तीन सय ४० पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

३० भदौ २०७७, मंगलवार १२:०१ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु