punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोंगबु प्रकरण : अण्डकोष र घाँटी थिचेर हत्या, आरोपी महिलाले दिइन् यस्तो बयान

Chaupati
safha napa

काठमाडौं, साउन २७ । काठमाडौंमा बस्दै आएका दाङका कृष्णबहादुर बोहराको हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । प्रहरीले पुरुषको हत्यामा संलग्न भएको आरोपमा चितवनबाट कल्पना मुडभरी (पौडेल)लाई प्रक्राउ पछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीकाअनुसार महिलाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि सुरुमा हम्मरले अण्डकोष थिचेको र पछि घाँटी थिचेर हत्या गरेको पाइएको छ । उनले सलले घाँटी कसेर हत्या गरेकी थिइन् । बोहरा मरेको यकिन गरेपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो । अनुसन्धान गर्ने क्रममा प्रहरीले सोमबार नै हत्यामा संलग्न महिला र उनकी छोरीलाई चितवनको टाँडीबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।

महिलाले बोहराले नक्कली फसबुक आइडी बनाएर तस्बीर राखेर जथाभावी गर्नुका साथै आफ्नो दवावमा ल्याउन थालेपछि हत्या गरेको साविती बयान दिएको एसएसपी ज्ञवालीले बताए । बोहराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीले जनाएको छ । यो घटनामा प्रहरीले छिटै सफला पाएको थियो । घटनाको अनुसन्धानमा प्रहरी कुकुरको पनि प्रयोग गरेको थियो ।


२७ साउन २०७७, मंगलवार ०८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु