punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आफूखुसी यात्रु ओसारपसार नगर्न यातायात व्यवसायी महासंघको आग्रह

Chaupati
safha napa

काठमाडौँ,असार ११ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ।

महासंघका महासचिव सरोज सिटौलाले बुधबार साँझ एक विज्ञप्ति जारी गरी बन्दाबन्दी कायमै रहँदा महासंघको नाम जोडेर आफूखुसी सार्वजनिक सवारी साधन सञ्चालन गरेको आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

‘सार्वजनिक बसमा आफूखुसी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासंघले घोर भर्त्सना गर्दछ,’ जारी विज्ञप्तिमा भनिएको छ।

महासंघले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोभिड–१९ को जोखिम हुने भएकाले यस्ता काम नगर्न सरकारलाई समेत अुनरोध गरेको छ।

विज्ञप्तिमा सार्वजनिक सवारी साधनले मनोमानी ढंगले यात्रु ओसारपसार गर्दा हुने कोरोनाको सम्भावित जोखिमको जिम्मेवारी महासंघले नलिने समेत जनाइएको छ।


११ असार २०७७, बिहीवार ०८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु