punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज मात्र ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

Chaupati
safha napa

काठमाडौँ,जेठ १३ । नेपालमा आज थप ९० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतमा १२ र बाँकेका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यस्तै, सिरहाका ५, बाराका ३, महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, अर्घाखाँचीका २, गुल्मीका २, स्याङ्जाका २, रूपन्देहीका १, कैलालीका १, अछामका १ र धनुषाका १ जना कोरोना संक्रमित थपिएका हुन्।

यो सहित नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ। ती मध्ये ४ जनाको मृत्यु भइसकेको छ भने १५५ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।


१३ जेठ २०७७, मंगलवार १३:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु