नेपालमा शनिवार ६ जनामा कोरोना पुष्टि
काठमाण्डौं, ३ जेठ । नेपालमा शनिवार ६ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
नयाँ थपिएकाबर्दिया नार्खु निवासी २८ बर्षीय महिला, सिराहा निवासी ३० बर्षीय पुरुष, पर्सा विरगञ्ज निवासी २८ र २९ बर्षीय पुरुष, सर्लाही रामनगर निवासी १८ बर्षीय महिला, चितवन गढौली निवासी २५ बर्षीय महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
३ जेठ २०७७, शनिवार ०५:३३ बजे प्रकाशित













