punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संक्रमित महिला तीनअघि निजी गाडीमा महेन्द्रनगरबाट गएकी थिइन् काठमाडौँ

Chaupati
safha napa

काठमाडौँ,बैशाख ३१ । कोरोना भाइरसको संक्रमण पुष्टि भएकी काठमाडौँकी महिला तीन दिनअघि कञ्चनपुरको महेन्द्रनगरबाट गएको खुलेको छ।

संक्रमित ३३ वर्षकी महिलाले दिएको जानकारी अनुसार उनी वैशाख २९ गते महेन्द्रनगरबाट निजी गाडीमा काठमाडौँ गएकी हुन् । ती महिला चन्द्रागिरी नगरपालिकाको रहेको खुलेको छ ।

तर चन्द्रागिरीका मेयर घनश्याम गिरीले संक्रमित महिला आफूहरुको सम्पर्कमा नरहेको र बुझ्ने प्रयास भइरहेको बताएका छन् ।

ती महिला चन्द्रागिरीमा नगरपालिका मार्फत नभएर आफै परीक्षणका लागि पुगेको बताइएको छ । उनी अहिले टेकू अस्पतालको आइसोलेशन वार्डमा छिन् ।

ती महिला आफ्ना दुई सन्तानसँगै आएकी थिइन् । सो गाडीमा रहेका उनीसहित सबै ८ जनाले टेकूमा आएर परीक्षण गराएका थिए । त्यसमध्ये ती महिलामा संक्रमण देखिएको हो ।


३१ वैशाख २०७७, बुधवार ०४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु