वीरगञ्जमा कोरोना आशंका गरिएकी युवतीको मृत्यु

वीरगञ्ज,बैशाख १४ । वीरगञ्जमा कोरोना भाइरस संक्रमणको आशंका गरिएकी युवतीको मृत्यु भएको छ । तीन पटकसम्म आरडिटी रिपोर्ट पोजेटिभ देखिएकी युवतीको मृत्यु भएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको हो । ब्लड क्यान्सरले ग्रसीत ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो ।

युवतीको शव अहिले नारायणी अस्पतालमा राखिएको छ । उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा आइतबार बिहान पठाइएको छ ।


१४ वैशाख २०७७, आइतवार ०६:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु