महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई थप उपचारका लागि नेपालगञ्ज लगियो

दार्चुला, १४ बैशाख । जिल्लाको महाकाली नदीबाट उद्धार गरिएकी महिलालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ । नेपाली सेनाको हेलीकप्टरमार्फत नेपालगञ्जको कोहलपुर मेडिकल कलेजमा लगिएको दार्चुलाका प्रमख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।

आइतवार विहानै दार्चुलाको महाकाली नदीमा हाम फालेकी व्याँस गाउँपालिका १ की ३० वर्षीय सपना तिंकरी ऐतवालको महाकाली नदीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको थियो।

नदीबाट उद्धार गरे लगत्तै जिल्ला अस्पताल दार्चुलामा लगिएपनि उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज रेफर गरिएको हो ।


१४ वैशाख २०७७, आइतवार ०६:२७ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु