सुदूरपश्चिमका चौथो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

धनगढी बैशाख ११ । सुदूरपश्चिमका चौथो कोरोना संक्रमित महिला पनि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पताले जानकारी दिएको छ ।

योसंगै सुदूरपश्चिम प्रदेशमा चार जना कोरोनालाई जितेर घर फर्किएका छन्। धनगढी उप-महानगरपालिका-५ का ३४ बर्षीय पुरुष, लम्कीका २१ बर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ बर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्।

अव धनगढी उप-महानगरपालिका-५ की ३४ बर्षीय महिला मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत रहेकी छिन्।


११ वैशाख २०७७, बिहीवार १२:०० बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु