बोर्डिङ स्कुलका सञ्चालक मृत फेला, हत्याको आशंका

कैलाली ,बैशाख १२। कैलालीको गौरीगंगा नगरपालिकामा रहेको विहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल ४० वर्षीय कृष्ण भुसाल मृत फेला परेका छन् ।

उनी नगरपालिकाको वडा नम्बर ९ का बासिन्दा छिमेकी नगरपालिका घोडाघोडी नगरपालिकाको वडा नम्बर १० पहलमानपुरमा मृत फेला परेका हुन् । जंगल क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग भुसालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

पहलमानपुरबाट साइकलमा मसुरिया गएका भुसालको शव राति ११ बजे शव फेला परेको प्रहरीले जनाएको छ । उनको शव फेला परेको नजिकै सशस्त्र प्रहरीको पोस्ट पनि छ । मृतकको आँखा, छाति र घुँडामा चोट देखिएकाले हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१२ वैशाख २०७७, शुक्रवार ०३:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु