थप दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौँ,बैशाख ११ । थप दुई जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।उदयपुरकी संक्रमित त्रियुगा नगरपालिका -३ भुल्केकी हुन् ।

त्यस क्षेत्रमा अहिलेसम्म २५ जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको विराटनगरस्थित कोरोना कोराना विशेष ९अस्थायी० अस्पतालमा उपचार भइरहेको छ ।


११ वैशाख २०७७, बिहीवार ११:१६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु