punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप तीन जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४५ पुग्यो

Chaupati
safha napa

काठमाण्डौँ । बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका उनीहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । सातजना भने डिस्चार्ज भएका छन् । अन्य सबैको विभिन्न अस्पतालमा उपचार भइराखेको छ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट ३१ हजार ४ सय २० र पीसीआर विधिबाट ९ हजार ११ गरेर बुधबारसम्म कुल ४० हजार चार सय ३१ जनामा कोरोना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ४ सय ३६ जनाको नमुना परीक्षण भएको उनको भनाइ छ।

सरकारले आरडीटी टेस्ट ७७ जिल्लामा गरिरहेको छ। मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश १ मा तीन हजार ९७, प्रदेश २ मा तीन हजार ९ सय २५, बागमती प्रदेशमा ५ हजार ९ सय १५, गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३०८ र सुदूरपश्चिम प्रदेशमा सात हजार ३०७ जनामा कोरोना परीक्षण भएको छ।

अहिलेसम्म मुलुकभरमा क्वारेन्टाइन आठ हजार ५९५ जना रहेका छन्। उपत्यका ३ र बाहिर ९२ गरेर आइसोलेसनमा ९५ जनाले उपचार गराइरहेका छन्।

अहिलेसम्म संक्रमितको संख्या ४५ पुग्दा डिस्चार्ज हुनेको संख्या सात पुगेको छ। चारजनाको यसअघि नै डिस्चार्ज भएको थियो। मंगलबार धनगढीको सेती अस्पतालमा उपचार गराइरहेका २४ वर्षीय पुरुषको डिस्चार्ज भएको थियो भने बुधबार सेती अस्पतालमै १९ दिनदेखि उपचार गराइरहेका अर्का ४० वर्षीय पुरुष डिस्चार्ज भएका छन्।

त्यसैगरी टेकु अस्पतालमा उपचार गराइरहेका ३२ वर्षीय पुरुष २९ दिन लामो उपचारपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए। यसअघि नै चारजनाको डिस्चार्ज भएको थियो।


१० वैशाख २०७७, बुधवार ११:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु