शुक्लाफाटा नगरपालिकाको वडा नम्बर २ मा पनि खाद्यान्न सामाग्री बितरण
कञ्चनपुर बैशाख १० । कञ्चनपुर बैशाख १० । शुक्लाफाटा नगरपालिले लकडाउनको समयमा खाद्यान्न सामाग्री बाडने कार्यमा तिब्रता दिदै आएको छ । बुधबार शुक्लाफाटा नगरपालिकाको वडा नम्बर २ मा पनि खाद्यान्न सामाग्री बितरण गरिएको छ ।
शुक्लाफाटा नगरपालिकाको वडा कार्यालय लक्ष्मीपुरले खाद्यान्न सामाग्री बितरण गरिएको छ । शुक्लाफाटा नगरपालिका वडा नम्बर २ भित्र रहेका अति बिपन्न,मजदुर,अशक्त १४५ घर परिवार लाई पहिलो चरणमा खाद्यान्न सामाग्री बितरण गरिएको छ ।,बितरण गरिएको खाद्यान्न सामाग्रीमा प्रती परिवार ३०केजी चामल,३ केजी दाल,२ केजी नुन ,२ लिटर खाने तेल,२केजी चिनी र प्रति परिवार ४\४ पिस साबुन बितरण गरिएको शुक्लाफाटा नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक एबम शुक्लाफाटा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष शिबराज पनेरुले जानकारी गराएका छन। राहत बितरण कार्यक्रम प्रदेश सरकार र संघीय सरकारले बनाएको कार्यविधि २०७६ अनुसार नै बितरण गरिएको अध्यक्ष पनेरुले बताए ।
खाद्यान्न सामाग्री बितरण गर्दा शुक्लाफाटा नगरपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष शिवराज पनेरु,वडा सदस्यहरुको उपस्थिति रहेको थियो । पहिलो चरण अन्तर्गत १४५ परिवार लाई खाद्यान्न सामाग्री बितरण गरिएको र अझै वडा कार्यालय भित्र रहेका गरिब,बिपन्न ,मजदुरहरुको वास्तविक तथ्यांक संकलन गरि बाकी गरिब ,बिपन्न बर्गलाई खाद्यान्न सामाग्री बितरण गरिने वडा अध्यक्ष पनेरुले बताए । वडा नम्बर २ को वडा कार्यालयले राहत बितरणका लागी रु ५ लाख बराबर बजेट छुट्याएको समेत जानकारी गराउनु भएको छ ।
१० वैशाख २०७७, बुधवार ०८:४४ बजे प्रकाशित