सेति अस्पतालमा उपचारत कञ्चनपुरका कोरोना संक्रमित पुरुषको रिर्पोट नेगेटिभ आयो

धनगढी, बैशाख १० । कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुषको तेस्रो रिपोर्ट नेगेटिभ आएको हो।सेती प्रादेशिक अस्पतालका अनुसार उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखाएको थियो।अर्को परीक्षणमा पनि उनको रिपोर्ट नेगेटिभ देखाए अस्पतालबाठ डिस्चार्ज गरिने प्रादेशिक अस्पतालले जनाएको छ।

यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय युवक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय संक्रमित युवकलाई सञ्चो भएपछि अस्पतालले डिस्चार्ज गरिसकेको छ। उनीहरु दुबै जनाको पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएको छ।

अहिले कञ्चनपुरका ४१ बर्षीय पुरुषसंगै धनगढी उप–महानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ बर्षीय महिलाको पनि सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ।


१० वैशाख २०७७, बुधवार ०६:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु