कैलालीका घरधनीलाई लकडाउन अवधीको घरभाडा मिनाह गर्न आग्रह

धनगढी ८ बैशाख । कैलाली उद्योग वाणिज्य संघलै कैलाली जिल्लाभरका घरधनीलाई लकडाउन अवधीको घरभाडा मिनाहा गरिदिन आग्रह गरेको छ ।

चैत ११ देखि अहिलेसम्म लकडाउन छ, त्यसबाट व्यापार व्यवसाय पनि प्रभावित छ त्यसैले घरभाडा मिनाहा गरिदिन हुन आग्रह गर्दछु सोमबार संघका अध्यक्ष पुष्प कुँवरले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा सरकारले समेत घरभाडा मिनाहको लागि आग्रह गरेको कुरालाई पनि स्मरण गरिएको छ ।अध्यक्ष कुँवरद्धारा जारी विज्ञप्तीमा व्यापार व्यवसाय सञ्चालन नभएकोले तीन महिनाको व्याज मिनाह गरेर व्यवसाय प्रर्वद्धनमा सहयोग गर्न पनि सरकारसंग आग्रह गरिएको छ ।


८ वैशाख २०७७, सोमवार ०९:११ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु