punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशमा ‘कोभिड-१९ आपत्कालीन सेवा केन्द्र’ को स्थापना

Chaupati
safha napa

धनगढी,बैशाख ८ । कैलालीमा कोरोना भाइरसको उपचार, नियन्त्रण तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रतिकार्य, उद्धार, समन्वय र सहजीकरण गर्नका लागि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा रहने गरी आइतबार ‘कोभिड–१९ आपत्कालीन सेवा केन्द्र’ को स्थापना गरिएको छ ।

स्थापना गरिएको उक्त केन्द्रबाट सरोकारवालासँगै सर्वसाधारण सबैले आपत्कालीन सेवा, सूचना जानकारी लिनसक्ने मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । उनले भने, ‘सेवा केन्द्र सबै ठाउँको तत्काल समन्वय गर्ने गरी सूचना, अप्ठ्यारा तथा गुनासा एकद्वार प्रणालीमार्फत रिपोर्ट गर्ने एउटा संयन्त्र हो ।’

कोरोना भाइरससँग सम्बन्धित प्रतिकार्य, उद्धार, समन्वय, उपचार तथा अन्य विषयमा कुनै सूचना, सुझाव, समस्या, गुनासो वा जानकारी भएमा निःशुल्क हटलाइन नं ११४८ मा सम्पर्क गर्न वा इमेल covideoc7@gmail.com मार्फत पत्राचार गर्नुहुन सरोकारवाला निकाय तथा सर्वसाधारण सबैमा अपिल गरिएको छ ।


८ वैशाख २०७७, सोमवार ०९:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु