महाकाली नदिबाट ट्युब मार्फत मानिस तारिरहेको अवस्थामा एक जना पक्राउ

दार्चुला,बैशाख ८ । भारतबाट महाकाली नदिमा ट्युब मार्फत अवैध रुपमा मानिस तारिरहेको अवस्थामा दार्चुला प्रहरीले एक जनालाई ट्युब सहित नियन्त्रणमा लिएको छ ।

कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन नेपाल–भारतले गरेको लकडाउनका कारण भारतका विभिन्न ठाउँमा अलपत्र परेका नेपालीहरुलाई अवैध रुपमा ट्युब मार्फत नेपाल प्रवेश गराइरहेका महाकाली नगरपालिका ७ धापका २२ वर्षिय करन टमटालाई प्रहरीले ट्युब सहित महाकाली नदि किनारबाट नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीका अनुसार टमटालाई वडा नम्बर ७ धाप नजिकै भारतबाट ट्युब मार्फत अवैध रुपमा मानिस तारिरहेको अवस्थामा गएराती ८ बजे तिर नियन्त्रणमा लिएको हो ।

टमटा विरुद्ध संक्रामक रोग ऐन २०२० अन्र्तगत मुद्दा चलाउने तयारी भैइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


८ वैशाख २०७७, सोमवार ०८:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु