punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको वडा नम्बर १० मा पनि खाद्यान्न बितरण

Chaupati
safha napa

कञ्चनपुर,वैशाख ८। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका को वडा नम्बर १० मा पनि खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

सोमबार श्री कृष्ण माध्यमिक बिद्यालय झलारीमा शुक्लाफाटा नगरपालिका वडा नम्बर १० का दैनिक ज्यालादारी गरि जिबिकोपार्जन गर्ने मजदुर,बिपन्न परिवार लगायत १ सय परिवार लाई पहिलो चरणमा खाद्यान्न सामाग्री बितरण गरिएको हो ।

बितरण गरिएको खाद्यान्न सामाग्रीमा प्रती परिवार ३०केजी चामल,३ केजी दाल,२ केजी नुन ,२ लिटर खाने तेल,२केजी चिनी र प्रति परिवार ४्४ पिस साबुन बितरण गरिएको वडा अध्यक्ष लाल बहादुर ऐर ले जानकारी गराएका छन।

राहत बितरण कार्यविधि २०७६ अनुसार नै बितरण गरिएको वडा अध्यक्ष ऐरले बताए ।

खाद्यान्न सामाग्री बितरण गर्दा शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल बहादुर ऐर , नगर उपप्रमुख तुलसी हमाल , शुक्लाफाटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिशन सिंह थापा लगाएत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

पहिलो चरण अन्तर्गत खल्ला बस्तिमा १ सय परिवार लाई खाद्यान्न सामाग्री बितरण गरिएको र अब आर्को चरणमा बाकी ३ सय गरिब बिपन्न परिवार लाई खाद्यान्न सामाग्री बितरण गरिने वडा अध्यक्ष लाल बहादुर ऐरले बताए ।


८ वैशाख २०७७, सोमवार ०६:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु