punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महरा दोषी हुन नसक्ने अदालतको फैसला

Chaupati
safha napa

काठमाडौं, बैशाख ८ । जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर गरेको छ ।

न्यायाधीश अम्मरराज पौडेलले गरेको फैसलाअनुसार महरालाई कुनै पनि आधारमा दोषी ठहर गर्न मिल्ने प्रमाण नभेटिएको फैसलाको पूर्ण पाठमा उल्लेख छ । जिल्ला अदालतबाट महराले गत ५ फागुन २०७६ मा सफाइ पाएर छुटेको भए पनि फैसलाको पूर्ण पाठ भने केही समयअघि मात्रै आएको हो ।

पीडित भनिएकी संसद् सचिवालयकी कर्मचारीले अनुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दा आफूमाथि बलात्कारको प्रयासको आरोप खण्डन गरेको, अनुसन्धानका क्रममा नै उनले इन्कारी निवेदन दिएको, बकपत्रमा महरा आफ्नो कोठामा नआएको भनी लेखाएकोलगायतका कारण विश्लेषण गर्दै महरा दोषी हुन नसक्ने फैसलामा उल्लेख छ ।

अदालतले ‘वयस्क उमेरको पीडित जाहेरवालाले सुझबुझका साथ बिना कुनै दबाब अदालतसमक्ष गरेको बकपत्रलाई यस अदालतले निर्णायक प्रमाणको रूपमा लिनुपर्ने हुन्छ’ भनेको छ र उनकै बयानका आधारमा महरा निर्दोष रहेको फैसला सुनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।


८ वैशाख २०७७, सोमवार ०६:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु