अवैध भरुवा बन्दुक सहित कैलालीमा एक महिला पक्राउ

कैलाली,बैशाख ८ । कैलालीमा प्रहरीले भरुवा बन्दुक सहित महिलालाई पक्राउ गरेको छ। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्ले बिसौनाबाट अवैध भरुवा बन्दुक सहित स्थानीय धनसरा गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले घरमा अवैध बन्दुक लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरिक्षक अनिष भण्डारी नेतृत्वको टोलीले खानतलासी गरी दुई नाल भरुवा बन्दुक बरामद गरिएको जानकारी दिए। गिरीका श्रीमान चन्द्रराज भने भाग्न सफल भएका छन्।


८ वैशाख २०७७, सोमवार ०६:१६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु